बुधबार कास्कीसहित प्रदेशमा कतिमा भयाे काेराेना पुष्टि ?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १६ जना पुरुष तथा ८ जना महिला गरी २४ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४९३ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ५५ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका २४ सहित म्याग्दीका १२ जना, पर्वतका २  जना,  लमजुङका १ जना, बाग्लुङका २ जना, स्याङ्जाका ५ जना र नवलपुरका ९ जना गरी प्रदेशका ७ जिल्लामा गरी ३४ पुरुष तथा २१ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८७ हजार १४९ पुगेको छ। पछिल्लो २४ घण्टामा २६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८५ हजार ३०१ पुगेको छ ।

गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३९३ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button