पोखरा २२ मा माइक्रोबस दुर्घटना

पोखरा न्यूज । पोखरा महानगरपालिका २२ पुम्दी भुम्दीमा बुधबार माइक्रोबस दुर्घटना भएको छ ।

पुम्दीकोटमा  रिजर्भका लागी गएको ग१ख ३९८४ नम्बरको माइक्रोबस मध्यान्ह १२ बजेको समयमा विश्व शान्ति स्तुपाको पार्किङ नजिकैको घुम्तीमा दुर्घटना भएको हो ।

बसमा चालक मात्र रहेको र चालक्को अवस्था सामान्य रहेको छोरेपाटन प्रहरी चौकीका प्रहरी नायव निरीक्षक महेन्द्र पौडेलले जानकारी दिनुभयो ।

कालिमाटी हुँदै पुम्दीकोट जाने  कच्ची बाटोको बिच भागमा पल्टिएको बसमा सामान्य क्षति पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button