ग्यारेजमा तास खेलिरहेका ८ जना नगदसहित पक्राउ

पाेखरा न्यूज । अटाे ग्यारेजमा तास खेलिरहेकाे अवस्थामा नगद रकम र ताससहित ८ जना व्यक्तिलाई प्रहरीले हेटाैंडामा पक्राउ गरेकाे छ ।

मकवानपुर जिल्लाकाे हेटौंडा ४ थाहा चोकस्थित प्रकाश बिकको अटो ग्यारेजमा तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

हेटौंडा १२ बस्ने ४३ वर्षीय कृष्ण ब्लोन लगायत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको जनाएकाे छ । ग्यारेजमा जुवातास खेलिरहेको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३४ हजार ५ सय ५० रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको पनि जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button