शनिबार कास्कीका यी क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने !

पाेखरा न्यूज । शनिबार भाेलि बिहानदेखि बेलुका १:०० बजेसम्म कास्कीका विभिन्न ठाँउहरुमा विद्युत सेवा अवरुद्ध हुने भएकाे छ । मोदी-लेखनाथ १३२ केभि प्रशारण लाइनकाे तार तान्ने कार्य गर्न पर्ने भएकाले विद्युत लाइन प्रशारण अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणकाे पाेखरा वितरण केन्द्रले जानकारी दिएकाे छ ।

कास्कीकाे अन्नपूर्ण गाउपालिकाका गिरिचोक, बिरेठाँटी, लामदुवाली, दांगसिंग, लामाखेत तिख्यान लगायतका क्षेत्रहरुमा बिहान १०:०० बजेदेखि बेलुका १:०० बजेसम्म लाइन अवरुद्ध हुने केन्द्रले सूचना मार्फत जानकारी दिएकाे छ ।

प्राधिकरणले शुक्रबार जारी गरेकाे सूचना यस्ताे छः

भोली मिति २०७८/०७/२७ गते शनिबार को दिन मोदी-लेखनाथ १३२ KV प्रसारण लाइनको तार तान्ने कार्य गर्नुपर्ने भएको हुदा मोदी बास्कोट ३३ के.भी प्रशारण लाइन अन्तर्गत अन्नपुर्ण गाउपालिकाका गिरिचोक, बिरेठाटि, लामदुवाली, दांगसिंग, लामाखेत तिख्यान लगायतका क्षेत्रहरुमा बिहान १०:०० बजे देखि बेलुका १:०० बजे सम्म लाईन अबरुद्ध हुने ब्यहोरा जानकारी गराउदछौ ।
सेवा अबरुद्ध को लागि क्षमाप्रार्थी छौ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button