जबरजस्ती करणीमा कैद भुक्तान गरिरहेका कैदीकाे कारागारमा मृत्यु

पोखरा न्यूज । जिल्ला कारागार मोरङका एक कैदीबन्दीको मृत्यु भएको छ ।

जबरजस्ती करणीमा सात वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो ।

‘प्रेसर लो’ भएपछि शर्मालाई कोसी अस्पताल लगिएकाे थियाे । तर, उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको कारागार निमित्त जेलर रामप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

शर्मा २०७१ यता जबरजस्ती करणीको मुद्दाको कैद भुक्तान गरिरहेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button