अस्थायी साधन प्रयोग गर्ने महिला बढ्दै

पाेखरा न्यूज ।  परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने महिलाको संख्या  डडेल्धुरामा बढ्दै गएको छ। परिवार नियोजनको अस्थायी साधनबारे विगतमा भ्रम रहँदा यसको प्रयोगकर्ता कम रहे पनि पछिल्ला दिनमा आएको सचेतनासँगै यसको प्रयोगकर्ता बढेका हुन् ।

स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्यांकअनुसार जिल्लाभर परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने महिला बढ्दै गएका छन् । जिल्लामा एक सय दम्पतीमध्ये ३६  दम्पतीले परिवार नियोजनको साधन प्रयोग गरिरहेको स्वास्थ्य कार्यालय डडेल्धुराका परिवार नियोजन सुपरभाइजर भवानसिंह कुँवरले बताउनु भयाे । उहाँका अनुसार विगतका वर्षका तुलनामा दुई प्रतिशतले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने महिला बढेको हो ।

तर परिवार नियोजनको अस्थायी साधन प्रयोग गरीरहेकाहरूले निरन्तर रुपमा नगर्ने समस्या देखिएको छ। ‘महिलाको आर्कषण बढी जसो पिल्स चक्की सेवन, डिपो तथा लामो जन्मान्तरको पाँच बर्षे साधनतर्फ बढ्दै गएको छ। असुरक्षित गर्भबाट  बच्न सहयोग तथा सन्तानको रहर पुगिसकेकाले परिवार नियोजका साधन प्रयोग गर्नुपर्ने आवश्यकता छ,’ उहाँले भन्नुभयाे।

जिल्लामा स्थायी बन्ध्याकरण गर्ने महिलाको संख्या ७० देखि ८० को हाराहारीमा रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button