पोखराको बजारमा १० हजारदेखि एक लाख ३० हजार मूल्यका भिवोन ब्राण्डका कुर्सी

कुर्सीहरूमा २ वर्षको वारेन्टी, सिटीजन फर्निचर आधिकारिक विक्रेता

पोखरा न्यूज । विश्व प्रसिद्ध भारतीय फर्निचर ब्राण्ड ‘भिवोन’का कुर्सीहरूको पोखरामा आधिकारिक रूपमा बिक्री वितरण शुरु भएको छ ।

फर्निचर व्यवसायमा पोखरामै अग्रणी मानिएको सिटीजन फर्निचर ट्रेड लिङ्क प्रालिले आधिकारिक रूपमा यो ब्राण्डका कुर्सीहरूको बिक्री वितरण शुरु गरेको हो । सिटीजन फर्निचर यो ब्राण्डका लागि प्रदेशस्तरीय आधिकारिक विक्रेता हो ।

लामो समय कार्यालयमा बसेर काम गर्ने कर्मचारीहरूमा कुर्सीको गुणस्तरकै कारण ढाड र घाँटी दुख्ने समस्या देखिने गरेकोले त्यस्तो समस्या नआउने गरी ‘भिवोन’ ब्राण्डका कुर्सीहरूको डिजाइन गरिएको कम्पनीले दाबी गरेको छ । ‘यो यस्तो प्रिमियम ब्राण्ड हो कि कम्पनीले सम्पूर्ण हिसाबमा गुणस्तरको मापदण्ड पु¥याएर बनाएको छ । र, हाम्रो ब्राण्डका सम्पूर्ण प्रोडक्टहरु सर्टिफाइड हुन् ।’ भिवोन ब्राण्डको कन्ट्री सेल्स हेड प्रविन श्रीवास्तवले भन्नुभयो–‘परम्परागत कुर्सीहरूको तुलनामा यी कुर्सीहरू धेरै हदसम्म बलियो र स्वस्थकर छन् ।’

नेपालमा यो ब्राण्डका कुर्सीहरू लन्च भएको करिब एक वर्ष भैसकेको छ । र, यसको प्रयोग पछि प्रयोगकर्ताहरूले दिएको रेटिङ पनि निकै अब्बल रहेको कम्पनीको दाबी छ । ‘हाम्रो कुर्सीहरूको प्रयोगपछि प्रयोगकर्ताहरूले निकै राम्रो प्रतिक्रिया दिनुभएको छ । यसले हामीलाई अझै बढी हौसला पनि मिलेको छ ।’ श्रीवास्तवले भन्नुभयो ।

कम्पनीले आफ्नो ब्राण्डका सबै डिजाइनका कुर्सीहरूमा २ वर्षको वारेन्टी दिएको छ । दुई वर्षको बिचमा कुर्सीहरूमा आउन सक्ने जुनसुकै खालको समस्यालाई कम्पनीले निःशुल्क रूपमा ‘मेन्टेनेन्स’को सुविधा दिएको छ । पोखराको लागि आधिकारिक विक्रेता कम्पनी सिटीजन फर्निचर ट्रेड लिङ्क प्रालिले नै त्यसको सहजीकरण गर्नेछ ।

‘हामीले पोखरामा थुप्रै विदेशी ब्राण्डका फर्निचरसँगै स्थानीय स्तरमा आफ्नै उत्पादनका फर्निचरहरू बिक्री वितरण गरिरहेका छौँ । यद्यपि यो ब्राण्डको विशेषताले हामीलाई पनि लोभ्याएकै कारण दुई कम्पनी बिच व्यावसायिक सहमति भएको हो ।’ सिटीजन फर्निचर ट्रेड लिङ्क प्रालिका सञ्चालक दीपक कार्कीले भन्नुभयो–‘हामीसँग जोडिनुभएका र जोडिनुहुने ग्राहकहरूले पक्कै पनि यो ब्राण्ड रुचाउनुहुनेछ भन्ने हामीलाई विश्वास छ ।’

भैरव ग्रुपद्वारा सञ्चालित सिटीजन फर्निचरको पोखरा आउटलेट र फर्निचर उद्योगमा गरी करिब २ सय जना कर्मचारीहरू यो कम्पनीमा आबद्ध छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button