गायक बिमल लामाको स्वर रहेको ‘बिना फक्कैमा’ गीत रिलिज

पोखरा न्यूज । गायक बिमल लामाको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो शुक्रबार रिलिज गरिएको छ । ‘बिना फक्कैमा’ बोलको गीतको भिडियो युट्युवमार्फत रिलिज भएको हो ।

गीतमा शब्द संगीत बिनोद रसाइलीको रहेको छ । भिडियोमा मोडलहरु एलिना गुरुङ र उदय थापाले अभिनय गर्नुभएको छ । म्युजिक भिडियोको निर्देशन आशुतोष अधिकारीले गर्नुभएको छ भने क्यामरा रबिन्द्र बरालले र सम्पादन मन्दिल श्रेष्ठले गर्नुभएको छ । भिजन नेपाल फिल्मस् एण्ड इन्टरटेनमेन्ट च्यानलमा भिडियो रिलिज भएकाे छ ।

पोखराको लेकसाइड, फेवातालसहितका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको म्युजिक भिडियोको प्रोडक्सन एबिबि इन्टरटेनमेन्ट प्रालि पोखराले गरेको हो ।

एबिबि इन्टरटेनमेन्ट प्रालि पोखराले म्युजिक भिडियो, छोटा चलचित्र र वृत्तचित्र निर्माण तथा सांस्कृतिक कार्यक्रमको आयोजना मार्फत कला संस्कृतिका क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

गएको भदौ दोस्रो हप्ता काठमाण्डौंमा सम्पन्न राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ कार्यक्रममा एबिबि इन्टरटेनमेन्ट प्रालिलाई सम्मानित गरिएको थियो । साे कार्यक्रमका प्रमुख अतिथि नेपालका प्रथम उपराष्ट्र पति परमानन्द झाले एबिबिका तर्फबाट गायक विमल लामा सम्मानित गर्नुभएकाे थियो ।

गीतको लिंकः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button