अभिनेत्री आलियाविरुद्ध एफआइआरको तयारी

१४ दिन होमक्वारेन्टाइन नबसी दिल्ली हिँडेकी थिइन्

पाेखरा न्यूज । बलिउड अभिनेत्री आलिया भट्टविरुद्ध एफआईआर दर्ता हुने भएको छ । उहाँ गत डिसेम्बर ८ मा निर्माता करण जोहरको पार्टीमा सहभागी हुनुभएकाे थियाे । यो पार्टीमा सहभागी करीना कपूर र अमृता अरोडालाई कोरोना पोजेटिभ देखिएको थियो । यद्यपि आलियाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

 

नियमानुसार आलिया उक्त पार्टीमा रहेकाले उहाँले १४ दिन होमक्वारेन्टाइनमा बस्नुपर्ने थियो । तर उहाँ आफ्नो फिल्म ‘ब्रह्मास्त्र’ को प्रमोसनका नयाँदिल्ली पुग्नुभएकाे थियाे । यसपछि बीएमसीले उहाँलाई दिल्लीमा नै क्वारेन्टाइन बस्न भने पनि उहाँ मुम्बई फर्किनु भयाे ।

यहीकारण बीएमसीको एक कमिटीले आलियामाथि एफआईआर दर्ता गर्न आदेश दिएको छ । ‘आलिया भट्ट नियम उल्लंघन गरेर दिल्ली गइन् र त्यहाँ गएपछि आफ्ना तस्वीर सामाजिक सञ्जालमा राखिन् । जुन आफैंमा गलत कुरा हो । आलियाले पाठ सिक्नु जरुरी छ र कानुन सबैलाई समान छ । आलिया एक सेलिब्रेटी भएकाले उनलाई धेरैले पछ्याउछन् भन्ने कुरा बुझ्न आवश्यक छ । त्यही कारण एक जिम्मेवार नागरिकका रुपमा आलियाले यी सबै नियमलाई उल्लंघन गर्नु हुँदैन थियो’, मुम्बई महानगरपालिकाको हेल्थ कमिटी अध्यक्ष राजुल पटेलले भन्नुभएकाे छ।

आलिया बुधबार रणवीर कपूर, निर्देशक अयान मुखर्जी र अन्य फिल्म टिमका साथी आफ्नो फिल्म ‘ब्रह्मास्त्र’को नयाँदिल्लीमा प्रमोसन गर्नुभएकाे थियाे । यसबाहेक उहाँ नयाँदिल्लीको बंगला साहेब गुरुद्वारा दर्शन गर्न पनि पुग्नुभएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button