युट्युबमा आयो ‘फुर्वाः द नेचर गाइ’

हिमाली भेगको जनजीवनलाई चित्रण गरिएको फिल्म ‘फुर्वाः द नेचर गाइ’ युट्युबमा रिलिज भएको छ । वाई के फिल्मको प्रस्तुतिमा निर्माण भएको फिल्ममा युगल पोमो लिम्बुको कथा र निर्देशन छ ।

फिल्ममा सिर्जना सुब्बा, श्याम राई, दिनेश गुरुङ, राम गुरुङ, टेकराज लंघालीलगायतका अभिनय हेर्न सकिन्छ । फिल्म धादिङको रुबी भ्यालीमा छायांकन गरिएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भएर अवार्डसमेत जितिसकेको यो फिल्ममा दिप्तप्रकाश कश्यपको पटकथा, मिनकुमार विष्टको पाश्र्व संगीत, जानु काम्बाङ लिम्बुको गीत, टेकराज लंघालीको मुख्य सहायक निर्देशन र अमृत मरहठ्ठाको मेकअप रहेको छ ।

फिल्ममा बुद्ध थापाको छायांकन, अनिलकुमार महर्जनको सम्पादन, विक्रम राईको स्वर र संगीत रहेको छ । श्याम इङ्नाम, रेजिना  साँवा र हिम सिंघक निर्माता रहेको फिल्ममा हेमराज अनछङ्बो  र लोकराज आङ्बुहाङ कार्यकारी निर्माता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button