चर्चित मोडल पुनम पाण्डे पतिबाट अलग 

पाेखरा न्यूज । बलिउड अभिनेत्री एवं मोडल पुनम पाण्डे पति सेम बाम्बेबाट अलग हुनुभएकाे छ । वैवाहिक सम्बन्ध सोचे जस्तो नभएपछि उहाँले पति सेमलाई छाड्नुभएकाे हाे ।

पुनमले आगामी केही वर्षसम्म कोहीसँग पनि डेट नगर्ने खुलाउनु भएकाे छ । यद्यपि आफ्नो हुनेवाला दुलाहा कस्तो हुनुपर्छ भनेर उहाँले सर्त राख्नुभएकाे छ ।

‘म अहिले जुन पीडाबाट गुज्रिरहेको छु, त्यसबाट विस्तारै माथि उठ्दैछु । म पहिलेजस्तै सेक्सी देखिने प्रयासमा छु’, उहाँले भन्नुभएकाे छ । उहाँले आफूसँगै सम्बन्धमा रहेको दाबी गर्नुभएकाे छ । उहाँले आफूसँग सम्बन्धमा रहनु आनन्ददायक रहेकाले आगामी पाँच वर्षसम्म एकल जीवन बिताउने उल्लेख गर्नुभएकाे छ।

उहाँले तनाव कम गर्न थेरापिस्टसँग नियमित सम्पर्कमा रहेकाले विस्तारै ठीक हुँदै गएको जनाउनु भएकाे छ । अभिनेत्री कैटरिना कैफबाट प्रभावित पुनमले अभिनेता बिक्की कौशल जस्तो दुलाहा मिलेमा विवाह गर्ने बताउनु भएकाे छ ।

सेमसँग विवाह गरेपछि पुनमले सेममाथि घरेलु हिंसाको आरोप लगाउनु भएकाे थियाे । यो मामिलामा प्रहरीले सेमलाई पक्राउसमेत गरेको थियो । प्रहरीका अनुसार सेमले पुनममाथि कुटपिट गरेपछि उहाँको शरीरमा चोटपटक देखिएको थियो । जसकारण उहाँ अस्पतालमा भर्ना नै हुनुभएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button