खेसरीलाल मदानी महोत्सवमा भाग लिन रौतहट आउँदै 

पाेखरा न्यूज । भोजपुरी फिल्मका सुपरस्टार खेसरीलाल यादव रौतहट आउने हुनुभएकाे छ । मौलापुर नगरपालिकाले बर्सेनि आयोजना गर्दै आएको मदानी महोत्सवमा भाग लिनका लागि गायकसमेत रहेका अभिनेता यादव रौतहट आउन लाग्नुभएकाे छ ।

‘१७ फागुनमा खेसरीलाल मौलापुरमा आउने तय भएको छ,’ नेकपा एमाले जिल्ला कमिटी सदस्य निवेश यादवले भन्नुभयाे । उहाँका अनुसार सो बारेमा आयोजक र अभिनेता बीच समझदारी भइसकेको छ ।

केही दिनअघि सुनसरीमा आयोजना भएको एक कार्यक्रममा आउने क्रममा भएको झडपमा उहाँको गाडी तोडफोड भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button