बेलारुस वा रुसमाथि हमला भए युद्धको सम्भावना छः लुकासेन्को

मिनस्क। बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले बेलारुसको युद्धप्रति इच्छा नभएको बताउँदै आफ्नो देश वा उसको छिमेकी रसियामामा प्रत्यक्ष हमला भए द्वन्द्व हुने बताउनु भएकाे छ। बेलारुस र रसियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला लुकासेन्को भनाई आएको हो ।

 

तर, ‘युद्ध भइहाले पनि त्यसमा कोही पनि विजेता नहुने’ र हरेक चिज गुम्ने उहाँको भनाई छ । राष्ट्रका नाममा टेलिभिजनमा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो धारणा राख्नुभएकाे हाे । बेलारुस र रसियाले चाँडै नै युक्रेनको दक्षिणी सीमामा पर्ने युक्रेनमा संयुक्त सैन्य अभ्यास गर्दैछन् ।

युक्रेनको सीमामा दशौं हजार रसियाली सेना तैनाथ भइरहेको पृष्ठभूमिमा दुई देशबीच सैन्य अभ्यास हुँदैछ । सेना परिचालनकै कारण अमेरिकी नेतृत्वको पश्चिमी गठबन्धन रुसँग क्रुद्ध छ । रुसले कुनै पनि बेला युक्रेनमा हमला गर्न सक्ने उनीहरुको अनुमान छ  ।

रसियाले युक्रेनमा हमला नगर्ने बताए पनि उसका पछिल्ला गतिविधिले अतिक्रमणको खतरा बढेको छ । युक्रेनले सुरक्षा खतरा बढाएको रसियाले दाबी गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button