दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले आइतबारको परीक्षण मध्यम श्रेणीको व्यालिस्टिक मिसाईल (आइआरबीएम) भएको जनाएको छ ।
जापान, दक्षिण कोरिया र अमेरिकाले पछिल्लो परीक्षणको निन्दा गरेका छन् । राष्ट्रसंघले उत्तर कोरियालाई व्यालिस्टिक र आणविक हतियार परीक्षण गर्न रोक लगाएको छ । तर, उत्तरले भने ती प्रतिबन्धको उल्लंघन गर्दै आएको छ । नेता किम जोङ उनले देशको रक्षा अवस्था सशक्त बनाउने प्रतिबद्धता जनाउँदै आएका छन् ।
सो मिसाईल २ हजार किलोमिटर उचाईमा पुगेको थियो । आठ सय किलोमिटरको दूरीमा ३० मिनेट उडेपछि मिसाईल जापानको समुद्रमा खसेको थियो ।
उत्तर कोरियाका बारम्बारका परीक्षणले राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गरेको भन्दै राष्ट्रसंघले उत्तर कोरियालाई उत्तेजना रोक्न र वार्ता गर्न आह्वान गर्दै आएको छ ।
यसअघिका इतिहासलाई हेर्ने हो भने पनि उत्तर कोरियाले अन्य महिनाको तुलनामा जनवरीमा धेरै मिसाइल प्रहार गर्ने गरेको छ ।