पोखरामा १ किलो सुनसहित युवक पक्राउ

पोखरा न्यूज । कास्की प्रहरीले एक केजी सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।

एक केजी आठ ग्राम सुनसहित पोखरा १५ राम बजार बस्ने २५ वर्षीय रेसम सुनार पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको हाइसमा चेकजाँच गर्ने क्रममा सुनारको साथमा अवैध  सुन भेटिएको हो ।  पोखरा महानगरपालिका ३० पावरहाउसमा चेकजाँचका क्रममा गए राति १० बजे विभिन्न बैकका ३ थान चेक बुक र सुनसहित उनी पक्राउ परेका हुन ।

सुनारको साथमा फेला परेको  बिस्कुट आकारको गालेको अवस्थाको पहेँलो धातुलाई पोखरा र काठमाण्डौमा  परीक्षण गराउँदा सुन नै रहेको प्रमाणित भएको डिएसपी  तिवारीले पोखरा न्यूजलाई बताउनुभयो ।

पक्राउ परेका सुनारलाई  थप अनुसन्धानको लागी राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button