बायोपिक फिल्मको तयारीमा थिए शेन वार्न

काठमाडौं । अष्ट्रेलियाका महान स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएपछि विश्वका क्रिकेटप्रेमी दर्शक तथा खेलाडी झैं बलिउड पनि स्तब्ध बनेको छ । बलिउड उहाँको निधनमा यसकारण पनि स्तब्ध छ कि त्यहाँ उहाँको बायोपिक बनाउने तयारी भइरहेको थियो ।

सन् २०१५ मा शेनलाई बलिउडमा अभिनयको प्रस्ताव गरिएको थियो । जुन विषयलाई उहाँले पनि पुष्टि गर्नुभएकाे थियाे । एक टुरिज्म भिक्टोरिया कार्यक्रममा सहभागिता जनाइरहँदा उहाँले आफूलाई बलिउडबाट अभिनयको प्रस्ताव आएको र उक्त प्रस्ताव आफ्ना लागि सबैथोक भएको बताउनु भएकाे थियाे ।

एक भारतीय प्रोडक्सन कम्पनीले शेनको बायोपिक बनाउने तयारी सुरु गरेको थियो । तर, कोभिड—१९ महामारीका कारण त्यो योजना तत्कालका लागि स्थगित गरिएको थियो । आफ्नो बायोपिकमा शेन अभिनेता लियोनार्दो डिकेप्रियो वा ब्राड पिटलाई प्रमुख भूमिकामा अभिनय गरेको हेर्न चाहनुहुन्थयाे।

‘एक युवाले यसको बारेमा स्क्रिप्ट लेखेका छन् । यो कम्पनी यसलाई सुट गर्न चाहन्छ । त्यहीकारण मूल रुपले भारतका लागि यो एक हलिउड फिल्मको सुटिङ हो र यो कथा मेरो जीवनीमा आधारित छ । मैले सन् २००८ मा रोयल्सलाई कसरी एकसाथ राखें भन्ने कथा फिल्ममा हेर्न पाइनेछ’, उहाँले भन्नुभएकाे थियाे । उहाँका अनुसार फिल्मको नाम नै ‘हलिउड—आइस्ड’ राखिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button