गण्डकी प्रदेशमा भानु जयन्तीमा सार्वजनिक बिदा

पाेखरा । गण्डकी प्रदेश सरकारले भानु जयन्तीमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्म असार २९ गते तनहुँकाे चुँदी रम्घामा भएकाे थियाे ।

प्रदेश मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जानकारी दिनुभएकाे छ ।

त्यसैगरी प्रदेशले कोजाग्रत पूर्णिमा, प्रदेश सरकार स्थापना दिवस र चैते दसैैंमा पनि बिदा दिने निर्णय गरेको जनाइएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button