बैंककाे ऋण तिर्न नसक्दा घरमा आगो लगाइदिएको गुनासो

काठमाण्डाैं । सप्तरीको कदमाहामा सञ्चालित मेरो माइक्रोफाइनान्स लघुवित्त बैंकका कर्मचारीहरुमाथि ऋण तिर्न नसक्दा ऋणीको घरमा आगो लगाइदिएको आरोप लागेको छ ।

सुरुङ्ग नगरपालिका-३ लक्ष्मीपुरकी सरस्वती सिंहको घरमा गत ५ वैशाखमा बैंकका कर्मचारीहरुले आगो लगाइदिएको पीडितको आरोप छ।

समयमै ऋण तिर्न नसक्दा सरस्वतीकी ९२ वर्षीया हजुर सासुआमा लालोदेवी महतोलाई गालीगलौज गरी उनको दुईवटा भैसी खोलेर लान लाग्दा बैंककै महिला कर्मचारीले बिँडी सल्काई आफ्नो घरमा आगो लगाएको आरोप लागेकाे छ ।

आगलागीबाट २४ लाख ३६ हजार बारबरको धनमाल नष्ट भएको सिंहले बताउनु भयाे ।

उहाँले संस्थाबाट क्षतिपूर्ति उपलब्ध गराइदिन मागसहित प्रहरीमा उजुरी दिनुभएकाे छ ।

लघुवित्त संस्थाका शाखा प्रवन्धक महादेवचौधले संस्थाका कर्मचारीले आगो नलगाएको, तर भैसी चाहिँ ल्याएको बताउनु भयाे ।

३ असार ०७८ मा ५० हजार र ६ असोजमा दुई लाख गरी दुईपटक ऋण लिएकी सरस्वतीले दुई लाखको १२ हजार पाँच सयका दरले पाँच किस्ता र ६ हजारका दरले ५० हजारको नौ किस्तासमेत बुझाइसकेको प्रबन्धक चौधरीको भनाइ छ।

guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्

सम्बन्धित खबर

Back to top button