पोखरा महानगरको मतगणना दिउँसाे २ बजेदेखि

पोखरा, ३१ वैशाख । पोखरा महानगरपालिकाको मतगणना शनिबार दिउँसाे २ बजेदेखि सुरु हुने भएको छ ।

अहिले चलिरहेको सर्वदलीय बैठकले दिउँसाे २ बजेबाट गणना सुरु गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेद्वारले साढे १२ बजेसम्म आफ्ना प्रतिनिधि पठाइसक्नुपर्नेछ ।

साढे १ बजेसम्म मतपेटिका मिलाउने र २ बजेबाट गणना गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

रुपा, माछापुच्छ्रे, मादी र अन्नपूर्णको भने गणना सुरु भइसकेको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button