पोखरामा एमालेलाई काउण्टरः कांग्रेसले पनि माग्यो कम मतले हारेका स्थानमा पुनः मतगणना

पोखरा । पोखरा महानगरपालिकामा वडा नम्बर १८ मा एमालेले ९ मत हराएको भन्दै पुनः गणनाको माग गरेपछि कांग्रेसले काउण्टर निवेदन दिएको छ । कांग्रेसले १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको हो ।

वडा नम्बर १ की कांग्रेस उम्मेद्वार सीता गुरुङले आफु सहित सदस्य उम्मेद्वारलाई दवावमा पारेर आफ्नो प्रतिकुल हुनेगरी नतिजा सार्वजनिक गरिएको आरोप लगाउँदै पुनः गणनाको माग गरेकी हुन् । यहाँ एमालेका सहारा प्रधानले ४१ मत अन्तरले जितेका थिए ।

प्रधानले १ हजार १ सय ४५ र गुरुङले १ हजार १ सय ४ मत पाएका थिए ।

यस्तै, वडा नम्बर १७ का कांग्रेस उम्मेद्वार देवराज आचार्यले पनि पुनः गणनाको माग गरेका छन् । उही ढाँचामा उनले निवेदन बुझाएका हुन् । उनीहरु दुवैले पहिले भन्दा फरक गणक राख्न र निष्पक्ष रुपमा गणना गर्नुपर्ने माग राखेका छन् । १७ नम्बर वडामा

मतगणना रोकिएपछि गणनास्थल बाहिर कांग्रेसको नाराबाजी

पोखरा महानगरपालिकाको मतगणना स्थगीत भएपछि छिटो गणना सुरु गर्न माग गर्दै कांग्रेस कार्यकर्ताले गणना स्थल बाहिर प्रदर्शन गरेका छन् । उनीहरुले तत्काल गणना सुरु गर्न माग सहित नाराबाजी गरेका हुन् । कांग्रेस सहित गठबन्धन दलका कार्यकर्ताहरुले तत्कालै गणना सकेर अन्तिम नतिजा सार्वजनिक गर्न माग गरे ।

विशेषगरी ३२ र ३३ नम्बर वडाका कार्यकर्ताहरुले आन्दोलन गरेका हुन् । उनीहरुले मुख्य निर्वाचन अधिकृतको राजीनामा समेत मागेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button