भदौ ३० देखि लागू हुँदै एमडिएमएस, अब चल्दैनन् भन्सार नतिरी भित्रिएका फोन

नेपाल दुरसञ्चार प्राधिकरणले भदौ ३० गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) लागू गर्ने भएको छ ।

यस प्रणाली कार्यान्वयनमा आएसँगै नेपालमा गैरकानुनी वा अनाधिकृत रुपले भन्सार नतिरी ल्याइएका मोबाइल फोनहरु नचल्ने भएका हुन् । सन् २०१८ को मे देखि नै उक्त प्रणाली विकासका तयारी थालेको प्राधिकरणको यो प्रणाली भोलिदेखि लागू हुने भएको हो । बिहीबार सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको हातबाट उक्त प्रणालीको शुभारम्भ गर्न लागिएको हो ।

हाल नेपालमा चलिरहेका मोबाइल डिभाइसहरु ह्वाइट लिस्टमा बसिसकेको हुँदा अब अनाधिकृत रुपमा भित्रिएका मोबाइलहरु स्वत ब्ल्याक लिस्टमा पर्नेछन् । ग्रे मार्केटबाट अनौपचारिक रुपमा ठूलो संख्यामा मोबाइल भित्रदा राज्यको ठूलो राजस्व गुमेको भन्दै यस प्रणाली लागू गर्न लागिएको बताइएको छ । अनौपचारिक रुपमा आयातित मोबाइलहरुले आफ्नो व्यापार प्रभावित गरेको भन्दै मोबाइल ब्यापारीलेसमेत उक्त प्रणाली भित्राउन चर्को लबिङ गरेका थिए ।

२०७८ को साउन देखि नै लागू गर्ने भनिएतापनि विभिन्न समस्या तथा प्रणाली नै तयार नहुँदा एमडिएमएस रोकिएको थियो । यस अवधि भरी विदेशबाट अनौपचारिक रुपमै भित्रिएका मोबाइलहरु पनि दर्ता हुने समय पाएका थिए ।

अवैध रुपमा भित्रिएका फोनहरुलाई दर्ताका लागि १५ दिनको समय भने दिइनेछ । आफ्नो मोबाइल डिभाइस प्राधिकरणको वेबसाईटमा गएर आएमइआई नम्बरलगायतको विवरण भरेर दर्ता गर्न सकिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button