गोठाटारमा गोली लागेका पुरुषको मृत्यु

काठमाडौंको गोठाटारमा गोली लागी घाइते भएका व्यक्तिको मृत्यु भएको छ ।

सोमबार साँझ उनीमाथि गोली प्रहार भएपछि उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो । सर्लाहीको घर भई काठमाडौंमा गार्मेन्ट व्यवसाय गर्दै आएका लाल मोहम्मद भनिने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

शंकरापुर अस्पतालमा प्रारम्भिक उपचारपछि ५५ वर्षीय मोहम्मदलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई मोटरसाइकल चढेर आएका आक्रमणकारीले ४ गोली प्रहार गरेका थिए । १० वर्ष जेल सजाय भोगेर ५ वर्ष अघि जेलमुक्त भएका दर्जीमाथि किन र कसले आक्रमण गर्यो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना पछि भाइरल भएको सिसिटिभी फुटेजमा मृतक मोहम्मद आफ्नो गाडीबाट निस्कने बित्तिकै आक्रमणकारी लखेटी लखेटी गोली प्रहार गरेको देखिएको छ । भिडियोमा दर्जीको छोरी एक तला माथिबाट हाम फालेर आएपछि गोली चलाउने व्यक्ति भागेको देख्न सकिन्छ ।

पल्सर मोटरसाइकलमा दुईजनाको समूहमा आएका बन्दुकधारीले उनलाई आक्रमण गरेका थिए । प्रहरीले उनीहरुको खोजतलास तीव्र बनाएको जनाएपनि अहिलेसम्म कोही पनि पक्राउ परेको बताएको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button