महिला बास्केटबलको फाइनलमा आर्मी

तनहुँमा जारी थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगिताबाट त्रिभुवन आर्मी फाइनल प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको निर्धारित समयसम्म गण्डकी र आर्मीले ६-६ अंकको बराबरी भएको थियो । थपिएको अतिरिक्त समयमा आर्मीका लागि सिवाङ्गी लिम्बू र जेनिसा श्रेष्ठ स्कोर गर्दै टोलीलाई ८–६ को जीत दिलाएका थिए ।

आर्मीले लिग चरणमा दुवै खेल जितेर सेमिफाइनलको यात्रा तय गरेको थियो भने गण्डकी १ जित र १ हार सँगै लिग चरणबाट सेमिफाइनलमा पुगेको थियो । अर्को सेमिफाइनलमा एपीएफ र बाग्मती प्रदेशबीच हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button