मनाङमा काङ्ग्रेसका गुरुङ विजयी

मनाङमा नेपाली काङ्ग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी हुनुभएको छ ।

उहाँले दुई हजार आठ सय ७५ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो भने उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पोल्देन छेवाङ गुरुङले दुई हजार ४७ सय  मत प्राप्त गर्नुभयो ।

मनाङमा कुल चार हजार आठ सय ४५ मत खसेको थियो । काङ्ग्रेसका गुरुङ तीन सय २८ मतले अगाडि रहँदै विजय हासिल गर्नुभएको हो । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मुखिया गुरुङ पाँच मत प्राप्त गर्नुभएको छ भने हालसम्म १७ मत बदर भएको छ ।

मनाङमा यस अघि प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भइसकेका छन् भने प्रदेश सभा ‘ख’ मा स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दिपक मनाङे) निर्विरोध निर्वाचित भएका थिए । यससँगै नेपाली काङ्ग्रेसले दुई प्रतिनिधिसभा सदस्यमा जीत हासिल गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button