कास्की ३ मा एमालेलाई फराकिलो अग्रता

कास्की ३ मा नेकपा एमालेले अग्रतालाई फराकिलो बनाउँदै लगेको छ ।

मतगणनाको पछिल्लो अपडेटअनुसार कास्की ३ मा एमालेका दामोदर पौडेल वैरागीले १६ हजार २६ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका रामजी प्रसाद बरालले ११ हजार ८ सय ७५ मत ल्याउँदा ८ हजार २ सय ७४ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका योग राज पौडेल तेस्रो स्थानमा रहेका छन् ।

यसअघि कास्की २ मा एमाले कै विद्या भट्टराई निर्वाचित भइसकेकी छिन् भने कास्की १ मा पनि एमालेकै मनबहादुर गुरुङले अग्रता कायम राखेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button