पोखरामा हिमालयन ग्लोरी इन होटल तथा थ्री सिक्स्टी स्काई लाउन्ज सञ्चालनमा

डेढ दशकदेखि पोखराको पर्यटन क्षेत्रमा क्रियाशील पोखराकै प्रतिष्ठित ‘चिल्ली ग्रुप’ले हिमालयन ग्लोरी इन प्रा.लि. होटल तथा थ्री सिक्स्टी स्काई लाउन्ज रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।

पोखराको लेकसाइडस्थित हल्लनचोकमा १२ करोडको लगानीमा होटल शुरु गरिएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा सञ्चालकले बताएका छन् । एउटै छाना मुनि विभिन्न सुबिधा रहेको हिमालयन ग्लोरीको माथिल्लो तीन तलामा बनाइएको होटलमा वातानुकुलित बाल्कनीसहित १५ कोठाहरु रहेका छन् ।

माथिल्लो दुई तलामा भने ‘स्काई गार्डेन’को अवधारणा अनुरुप रेस्टुरेन्ट बनाइएको प्रालिका निर्देशक भिष्मराज पौडेलले जानकारी दिनुभयो । आधुनिक लिफ्ट समेत जडान गरिएको भवनबाट फेवाताल, सराङकोट, शान्ति स्तुपा, पुम्दिकोट लगायत लेकसाइड वरपरको दृश्यावलोकन गर्न सकिन्छ ।

त्यसैगरी रेस्टुरेन्टमा चाइनिज, कन्टिनेण्टल, थाई, इन्डियन, नेपाली खाना तथा बजारमा उपलब्ध सबै किसिमका पेय पदार्थ कक्टेल, मक्टेलका परिकारहरु पाइने पनि पौडेलले बताउनुभयो । १६५ सिट क्षमता रहेको रेस्टुरेन्टमा ग्राहकको सहजताका लागि नेपालीपन झल्कने गरि मझेरी, भट्टी, दृश्यहल, भन्ज्याङ, पलेटी, कौशी, पालि, पानी फोहोरा, खुल्ला आकाश लगायत फरक फरक कक्षहरुको निर्माण गरिएको छ ।

झण्डै ४० जना अटने हलसमेत रहेकाले सभा सेमिनारका लागि पनि स्थान उपयुक्त भएको प्रालिका अर्का निर्देशक विश्वराज पौडेलले जानकारी दिनुभयो । सन २०१८ को अगस्ट देखि निर्माण सुरु भएको हिमालयन ग्लोरी इन प्रा. लि. को सुरुवाती लागत करीब रु १० करोड अनुमान गरेको भएपनि कोरोना संक्रमणका कारण निर्माण अवधि लम्बिदा लगानी बढेर १२ करोड पुगेको पौडेलले जनाउनुभयो ।

हरेक हप्ताको ३ दिन ‘सोलो आर्टिष्ट’को सांगीतिक प्रस्तुति रहने रेस्टुरेन्ट परिसरमा हरियाली र बगैँचा निर्माण गरिएको छ । होटलका कोठाको सजावटमा रहेका अधिकांश सामग्रीहरु ढाकाको कपडा, थान्का, नेपाली पेन्टीङलगायतका नेपाली उत्पादनलाई प्राथमिकता दिई प्रयोग गरिएको जनाइएको छ ।

रेस्टुरेन्टमा स्वदेश तथा विदेशमा काम गरी अनुभव हासिल गरेका दक्ष कर्मचारीहरु रहेको कर्पोरेट म्यानेजर लेखनाथ पहारीले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button