नेपालका आसिफ सेखले जिते आइसिसि स्पिरिट अफ क्रिकेट अवार्ड

नेपालका विकेटकिपर तथा ब्याट्सम्यान आसिफ सेखले आइसिसि स्पिरिट अफ क्रिकेट अवार्ड जितेका छन् ।

ओमानमा गत फेब्रुअरी १४ मा भएको चार देश सम्मिलित टिट्वान्टी शृङ्खलाको आयरल्यान्डविरुद्धको खेलमा प्रदर्शन गरेको उत्कृष्ट खेल भावनालाई सम्मानित गर्दै उक्त अवार्ड सेखलाई प्रदान गरिएको हो । आयरल्यान्डका एन्डी म्याकब्राइनलाई लडेको अवस्थामा रनआउट नगर्ने उनको निर्णय आइसिसिबाट पुरस्कृत भएको हो ।

के भएको थियो ?
आयरल्यान्डसँग भएको खेलको १८ औं ओभरको तेस्रो बलमा मार्क एडेयर कमल सिंह ऐरीको बललाई लेग साइडतर्फ प्रहार गरेर रन लिन दौडेका थिए । रन लिने क्रममा नन स्ट्राइकमा रहेका एन्डी म्याकब्राइन र बलर कमल सिंह ऐरी एकआपसमा जुद्धा म्याकब्राइन बीच मैदानमै लडेका थिए ।

त्यसपछि ऐरीले बल विकेटकिपर आसिफ सेखलाई दिए पनि उनले लडेका म्याकब्राइनलाई रन आउट गरेनन् र यसै खेलभावनालाई विश्वभरका खेलप्रेमीले प्रशंसा गरेका थिए । लडेर उठेका म्याकब्राइन क्रीज भन्दा टाढै रहेपनि सेखले रनआउट नगरेपछि रन पूरा गरेका थिए ।

उक्त खेलमा नेपाल १७ रनले पराजित हुन पुगेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button