पोखरामा विद्यालयस्तरीय ह्यान्डबल प्रतियोगिता हुने

पोखरामा यही माघ २९ गतेदेखि नवौँ कास्की कप ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।

नवौँ कास्की तथा छैटौँ एकता कप विद्यालय स्तरीय छात्र-छात्रा ह्याण्डबल प्रतियोगिता यही माघ २९ देखि फागुन २ गतेसम्म पोखरा रंगशालामा हुने भएको कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ ।

उक्त प्रतियोगितामा कास्कीका सामुदायिक तथा निजी विद्यालयका गरी छात्र तर्फ करिब १४ र छात्रा तर्फ १२ टिमको सहभागिता हुने आफुहरुले अपेक्षा गरेको संघ कास्कीका अध्यक्ष चित्र थापाले बताए । विजेताले जनही १० हजार, उपविजेताले ५ र तेश्रो हुनेले ३ हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका हुन्। प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी सर्वाधिक गोलकर्तालाई नगद सहित सम्मान गरिने भएको छ ।

“स्वस्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताले विद्यालयस्तरबाटै ह्याण्डबल खेलको विकास गर्न थप मद्धत पुर्याउने अध्यक्ष थापाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button