पोखराको हिमालय आँखा अस्पताललाई जापान सरकारको सहयोग

जापान सरकारले पोखराको हिमालय आँखा अस्पताललाई ७६ लाख बराबरको मेडिकल उपकरण सहयोग गर्ने भएको छ ।

काठमाडौँस्थित जापानी राजदूतावासमा आज आयोजित एक कार्यक्रमबीच नेपालका लागि जापानी राजदूत किकुता युताका र हिमालय आँखा अस्पतालका मेडिकल अधिकृत एलिया श्रेष्ठबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको हो । जापान सरकारको ग्रान्ट असिस्टेन्स फर ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्टअन्तर्गत उक्त अनुदान प्रदान गरिएको हो ।

प्रोजेक्टले दिने सहायताबाट अस्पतालले क्याटराक्ट तथा अन्य सर्जिकल क्याम्प आयोजना गर्दा क्याम्पमा चाहिने मेडिकल उपकरणहरु स्थापित गर्न सहयोग पुग्ने जनाइएको छ । अनुदानमा दिइने उपकरणहरुले मेडिकल क्याम्पहरु थप प्रभावकारी बन्ने विश्वास लिएको प्रोजेक्टको भनाई छ ।

यसैगरी जापानी दूतावासले यस सहायताले ग्रामीण क्षेत्रको स्वास्थ्य सेवामा सुधार ल्याउने आशा व्यक्त गरेको छ । दूतावासले यस स्वास्थ्य अनुदानले जापानी र नेपाली जनताबीचको मित्रता अहिलेका र आउँदा पिडीमा अझ प्रगाढ बन्ने आशा लिएको पनि जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button