शुरु भयो तेस्रो चापाकोट देउराली महोत्सव

चापाकोट पर्यटन प्रर्वद्धन समितिको आयोजनामा चापाकोट देउरालीमा तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ ।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले फेवातल जोगाउन पोखरा २३ का वडा बासीको महत्वपुर्ण भुमिका रहेको बताए । उनले फेवातालबाट अहिलेसम्म ६ र ७ लगायतकाले मात्र आम्दानी गरेको धारणा राख्दै अब पोखरा २३ का जनताले पनि फेवातालबाट आम्दानी लिने योजना ल्याउनुपर्ने बताए । अधिकारीले अरुको देशमा उत्पादन भएको अन्न भर नपरी नेपालमा नै कृषि उत्पादन बढाउन पर्ने बताए ।

त्यसैगरी उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा गण्डकी निर्वतमान संसद राजीव पहारी पोखरा २३ को विकाससको लागि आफुले पहल गरेको बताए । पहारीले पहिला वडाको कुनै क्षेत्रमा पक्की सडक नभएको र पुलको कारणले वडा बासीले दुख पाएको बताए । आफ्नो पहलमा नै पक्की पुलको लागि बजेट परेको सुनाउदै अहिले पोखरा २३ को मुहार नै फेरीएको पहारीले दावी गरे । यस्ता मेला महोत्सवले विकासमा सहयोग गर्ने पनि उनले बताए ।

यसैगरी वडा अध्यक्ष रामकाजी गुरुङले मेला महोत्सवले वडाको विकासमा सहयोग हुने धारणा राखे । समाजसेवी शिवलाल पराजुली, महोत्सव संयोजक चतनाथ देवकोटा, चापाकोट पर्यटन प्रर्वद्धन समिति अध्यक्ष भिम पराजुली लगायतले कार्यक्रममा भनाइ राखेका थिए । २८ गतेसम्म हुने मेलामा २५ हजार भन्दा बढीले अवलोकन गर्ने चापाकोट पर्यटन प्रर्वद्धन समिति अध्यक्ष भिम पराजुलीले जानकारी दिए ।

महोत्सवमा नौमती बाजा, भजन, बाल नृत्यलगायत विभिन्न प्रतियोगितासमेत राखिएको आयोजकले जनाएको छ । त्यसैगरी दुनाटपरी गाँस्ने मेला, महिला दौड र घैटो फुटाउने प्रतियोगितासमेत महोत्सवमा हुने जनाइएको छ । महोत्सवमा उत्कृष्ट हुने झाँकी तथा विभिन्न प्रतियोगिताका विजेतालाई नगद पुरस्कार दिइने आयोजकको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button