ए डिभिजन लिगमा डेब्यु गर्दै च्यासल फुटबल मैदान

सहिद स्मारक ए डिभिजन लिग फुटबलका खेलहरु यसपटक च्यासलको फुटबल मैदानमा पनि खेलाइने भएको छ ।

फागुन १९ गतेदेखि सञ्चालन हुने देशकै आधिकारिक लिग फुटबल प्रतियोगिता यसपटक दशरथ रंगशालाका साथै च्यासल फुटबल मैदान र एन्फा कम्प्लेक्समा पनि खेलाइन लागेको छ । च्यासल मैदानको यस लिगमा डेब्यु हुन लागेको हो । मैदानको उद्घाटन खेलमा फागुन २० गते चर्च ब्याइज क्लब र नेपाल पुलिस क्लब भिड्ने जनाइएको छ ।

प्रतियोगिताको उद्घाटन खेल भने खुमलटार युथ क्लब र फ्रेन्ड्स क्लबबीच शुक्रबार साँझ ५:३० बजे हुनेछ । यसपटकको लिगमा १४ टोली सहभागी रहेका छन् । सहभागी टोलीमा खुमलटार युथ क्लब, नेपाल पुलिस क्लब, एपीएफ फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, न्युरोड टिम, त्रिभुवन आर्मी क्लब, जावलाखेल युथ क्लब र संकटा क्लब रहेका छन् ।

यसैगरी साविक विजेता मच्छिन्द्र क्लब, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, थ्री स्टार क्लब, चर्छ ब्वाइज क्लब र फ्रेन्ड्स क्लब पनि डबल राउण्ड रोबिनका आधारमा खेलाइने लिगमा सहभागी छन् । लिगभरी कुल एक सय ८२ खेलहरु हुनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button