मेसीले विश्वकप विजयी टिमका सदस्य र स्टाफलाई दिए ३५ आइफोन १४ प्रो

अर्जेन्टिना स्टार फुटबलर लियोनेल मेसीले विश्वकप विजेता आफ्नो टोलीका खेलाडी र स्टाफ गरि ३५ जनालाई सुनको ब्याककभर भएको आइफोन १४ प्रो उपहार दिएका छन् ।

उनले उपहार दिएका हरेक आइफोनमा नाम, नम्बर, अर्जेन्टिनी फुटबल एसोसिएसनको लोगो र उत्पादन सहयोगी कम्पनी आइडिजाइन गोल्डको लोगो राखेर बनाइएको थियो । हरेक आइफोन १४ प्रोको पछाडि २४ क्यारेट सुनको कभरमा ती विवरणहरु कुँदिएको छ । आइफोनको सक्कली प्यानललाई हटाएर बहूमुल्य धातुको प्यानलले प्रतिस्थापन गरिएको हो ।

यसरी बनाइएको आइफोन बाँड्दा मेसीको एक लाख ७० हजार डलर खर्च भएको छ । एक फोनको निर्माणमा करिब पाँच हजार डलर खर्च भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button