बाग्लुङको काठेखाेलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बाग्लुङको काठेखोलामा पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटदेखि बाग्लुङ बजार आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलिनसकेको प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायव निरीक्षक मदन केसीले जानकारी दिए । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेको पनि उनले बताए ।

उनका अनुसार जीप मध्यपहाडी लोकमार्गदेखि ५०० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button