पोखराको प्याराडिसोमा असार ८ गते दि एलिमेन्टस ब्याण्डले प्रस्तुति दिँदै

‘दि एलिमेन्टस ब्याण्ड’ले आफ्ना लोकप्रिय गीतहरुका साथ पोखरामा प्रस्तुति दिन आउने भएको छ । ब्याण्डले पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा असार ८ गते शुक्रबार साँझ लाइभ कन्सर्ट सो गर्ने भएको हो ।

दि एलिमेन्टस ब्याण्डमा ईशान वन्त गायक, ड्रम्स्मा दिपेश गुरुङ र गीतारमा रौनक सिङ अधिकारी रहेका छन् । उनीहरुले ‘अल्लारे’, बिर्सिने हौ की, त्यसैले हिडेँ म, पुतली, सपनाको मायालुलगायतका गीतहरु प्रस्तुति दिनेछन् । दि एलिमेन्टस व्याण्ड नयाँ पुस्ताका प्रशंसक र शुभचिन्तक बीच लोकप्रिय रहेको छ ।

मध्यरातसम्म चल्ने लाइभ कन्सर्टको टिकट १ हजार र ५ सय रुपैयाँ राखिएको प्याराडिसोका म्यानेजर हरि पौडेलले बताए । उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए । टेबल बुकिङ गर्नेका लागि प्रव्वश शुल्क नलाग्ने पनि उनले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button