पृथ्वीराजमार्गको मनकामना गेट नजिकै माइक्रोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना-४ मनकामना गेट नजिकै माइक्रोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आइतबार दिउँसो करिब २ बजे बुटवलबाट काठमाडौं जाँदै गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो बसले विपरीत दिशातर्फ आएको लु ९३ प ९४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रुपन्देही कञ्चन गाउँपालिका-१ घर भएका मोटरसाइकल चालक हेमन्त कुमालको मृत्यु भएको हो । ३६ वर्षीय कुमाललाई गम्भीर घाइते अवस्थामा पुरानो मेडिकल कलेज भरतपुर लगिएपनि उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले ठक्कर दिने माइक्रो बस र मकवानपुर कैलाश गाउँपालिका २ घर भएका माइक्रोबस चालक लुम्न सिं मोक्तानलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button