रौतहटमा दुई वर्षीया बालिका पङ्खामा झुन्डिएको अवस्थामा फेला, आमा पनि मृत

रौतहटमा दुई वर्षीया बालिका र उनको आमा मृत अवस्थामा फेला परेका छन् ।

रौतहटको मौलापुर-४ पतौरामा २४ वर्षीया माला भनिने कविता देवी र उनको २ वर्षीया छोरी आरुही कुमारी घरमै मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार बालिका पङ्खामा झुन्डिएको अवस्थामा र आमा घरबाट बाहिरिने सिँढी मुनि फेला मृत फेला परेका हुन् ।

मृतक कविताको पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह भने घटना पछि फरार रहेका छन् । प्रहरीले उनीहरुलाई खोजी गरिरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button