मोटरसाइकलको ठक्करबाट ८४ वर्षीय वृद्धको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट ८४ वर्षीय वृद्धको मृत्यु भएको छ ।

शुक्रबार अपरान्ह ३ बजेतिर झापा गाउँपालिका- ६ शरणामतीस्थित भित्री सडकमा मोटरसाइकलले ठक्कर दिँदा सोही स्थानका ८४ वर्षीय भोलानाथ सिटौलाको मृत्यु भएको हो । पैदल हिँडिरहेका सिटौलालाई प्र १-०१-०१३ प ८९४१ नम्बरकाे माेटसाइकलले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते उनलाई उपाचार लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा लगिएकोमा आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button