जङ्गली हातीले कुल्चिदा वृद्धाको मृत्यु

झापामा जङ्गली हातीले कुल्चिदा ८० वर्षीया वृद्धाको मृत्यु भएको छ ।

झापाको मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चिँदा ८० वर्षीया पन्नादेवी साहको मृत्यु भएको हो । सिलगुढी घर भएकी साह एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएको जनाइएको छ । सोमबार बिहान पूजाका लागि फूल टिप्न जाँदा उनलाई हात्तीले कुल्चिएको हो ।

झापामा ६ दिन अघि पनि हात्तीले कुल्चिदा एक जनाको ज्यान गएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button