पहिरोमा पुरिएर डोजर चालकको मृत्यु

मुगुकाे गमगढीमा सडक माथिबाट आएको पहिरोमा पुरिएर एकजना डोजर चालकको मृत्यु भएको छ ।

बिहीबार राति छायाँनाथ रारा नगरपालिका-३ फुली गाउँस्थित तारापानी सडक खण्डमा सडक खन्ने क्रममा माथिबाट आएको पहिरोले पुरिएर सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ का २४ वर्षीय पवन घिमिरेको मृत्यु भएको हो ।

लगातारको वर्षाले उक्त सडकको विभिन्न स्थानमा पहिरो आई यातायात अवरुद्ध भएपछि उक्त डोजर पहिरो पन्छाउन गएको थियो । काम सकाएर फर्कदै गर्दा बामधारा भन्ने स्थानमा सडक माथिबाट आएकाे पहिरोले पुरिँदा चालक घिमिरेको घटनास्थल मै मृत्यु भएको हाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button