स्कुलबाट फर्किने क्रममा खोलाले बगाएर ६ वर्षीया बालिकाको मृत्यु

कैलालीमा स्कुलबाट घर फर्किने क्रममा खोलाले बगाउँदा ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका-१२ मा खहरे खोलाले बगाएर स्थानीय भिमबहादुर खत्रीको ६ वर्षीया गीता खत्रीको मृत्यु भएको हो । शुक्रबार स्कुलबाट घर फर्किदै गर्दा बालिकालाई खहरे खोलाले बगाएको थियो ।

बालिका शव खोलाले बगाएको स्थानबाट करिब दुई किलोमिटर तल फेला परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button