आदिपुरुष फ्लप भएपछि लेखक मुन्तासिरले मागे माफी

आदिपुरुषका लेखक मनोज मुन्ताशिर शुक्लाले चलचित्रले जनभावनामा आहत पुर्याएको भन्दै माफी मागेका छन् ।

उनले लेखेका छन्, “मेरा सबै दाजुभाइ दिदीबहिनी, ठूलाबडा, पूजनीय साधुसन्त तथा श्री रामका भक्तजनहरूमा हात जोडेर निःशर्त माफी चाहन्छु, भगवान बजरंगबलीले हामी सबैमाथि कृपा राखुन् र हामीलाई एक र अटुट रही पवित्र सनातन धर्म र महान देशको सेवा गर्ने शक्ति प्रदान गरुन् ।”

फिल्मले सनातनी हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरुलाई गलत रुपमा देखाएको भन्दै आलोचना भएको थियो । नेपाली चेली सीतालाई भारतीय भनेर प्रचार गराएको भन्दै नेपालमा केही शहरमा सो फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाईएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button