जापानमा अविरल वर्षापछि बाढी पहिरो, एक जनाको मृत्यु

दक्षिणपश्चिम जापानमा अविरल वर्षापछि बाढी पहिरोका कारण एक वृद्धाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।

जापानको फुकुओका प्रिफेचरमा पहिरोले घर पुरिँदा ती महिलाको मृत्यु भएको जनाइएको छ । यसै गरि पहिरोमा परी चार जना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् । बाढी पहिरोका कारण दशौँ हजार मानिस घर छाड्न बाध्य भएका छन् भने ठूलो संख्यामा उद्धारकर्ताहरु तैनाथ गरिएको छ ।

जापानको तेस्रो ठूलो टापु क्युसुको फुकुओका र ओइता प्रिफेचरमा सबैभन्दा उच्च तहको भारी वर्षाको चेतावनी जारी गरिएको छ । फुकुओकाका केही स्थानमा शुक्रबार देखि ६ सय मिलिमिटरसम्म वर्षा मापन गरिएको छ जुन त्यस क्षेत्रमा जुलाई पुरै महिनामा हुने औसत वर्षाभन्दा बढी हो ।

विश्वभर घट्न थालेका अस्वाभाविक मौसमी प्रतिकुलताको बढ्दो सूचीमा जापानको वर्षालाई पनि मानिएको छ । यसरी हुन थालेका अतिवृष्टि वा अनावृष्टि हुनुलाई जलवायु परिवर्तनसँह जोडिएर हेर्न थालिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button