मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

मंगलबार बिहान सम्पर्कविहीन भएको हेलिकप्टर सोलु दूधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकैको लामाजुरामा दुर्घटनामा परेको स्थानीय होटल व्यवसायीले जानकारी दिएको जनाइएको छ । दुर्घटना भएको स्थानमा जान प्रहरी परिचालन गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए ।

बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर करिब ११ मिनेट पछि सम्पर्कबिहीन भएको जनाइएको छ । यसैगरी हेलिकप्टर खोज्न काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर त्यसतर्फ उडेको छ ।

हेलिकप्टरमा नेपालका पाइलटसहित पाँच मेक्सिकन नागरिक रहेको प्यासेन्जर कार्गो म्यानिफेस्ट र लोडसिटमा उल्लेख गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button