मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु (नामावलीसहित)

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

मङ्गलबार बिहान १० बजे उडेको ‘नाइन एन-एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । हेलिकप्टर दुर्घटनामा पाइलट चेतबहादुर गुरूङसहित पाँच मेक्सिकन पर्यटकको मृत्यु भएको छ ।

प्रारम्भिक अवलोकनबाट हेलिकप्टर रुखमा ठोक्किएर दुर्घटनाग्रस्त भएको स्थानीय प्रत्यक्षदर्शीहरुले जनाएका छन् । दुर्घटनास्थलमा नेपाल प्रहरी, स्थानीयवासीलगायत मनाङ एयरका प्रतिनिधि पनि पुगिसकेको जनाइएको छ ।

हेलिकप्टर पहिले रुखमा ठोक्किएर करिब २०-२५ मिटर पर भुईमा दुर्घटनाग्रस्त भएको हुनसक्ने जनाइएको छ । दुर्घटनास्थलमा फेला परेका शव टुक्राटुक्रा अवस्थामा भेटिएको प्रत्यक्षदर्शीको भनाई छ ।

हेलिकप्टर कम्पनीको प्यासेन्जर कार्गो म्यानिफेस्ट र लोडसिटमा उल्लेख गरिए अनुसार  क्याप्टेन  चेतबहादुर गुरूङले उडाएको हेलिकप्टरमा  साइफुन्तेस जि फर्नान्डो(पुरुष), गोन्जालेज एब्रीका(महिला), गोन्जालेज ओलासियो(महिला), साइफुन्तेस जि मारिया होस(महिला) र रिङ्कन इस्माइल(पुरुष)थिए । सवार पाँचै जना यात्रुहरू मेक्सिकन नागरिक हुन्  ।

सोलुखुम्बुको सुर्केबाट उडेको चालक दलका सदस्यसहित ६ जना सवार उक्त हेलिकप्टर बिहान १० बजेदेखि सम्पर्कविहीन भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button