चितवनको टिकौलीमा तीन सवारीसाधन एकापसमा ठोक्किए

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलमा ३ वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् ।
बिहान १० बजेतिर तीन सवारीसाधन ठक्कर खाँदा एकजना घाइते भएको प्रहरीले जनाएको छ । घटनामा दुई कार र एक पिकअप जीप ठोक्किएका हुन् ।टाँडीबाट भरतपुर तर्फ आउदै गरेको प्रदेश ३-०१-००२ च ७९०१ नम्बरको कार र सोही दिशाबाट आउँदै गरेको ना १७ च ६८०० नम्बरको कार विपरीत दिशातर्फ जाँदै गरेको लु २ च ७१०६ नम्बरको स्कोर्पियो पिकअपसँग ठक्कर खाएका थियो ।
दुर्घटनामा कार चालक चितवन कालिका-६ बस्ने ४६ वर्षीय टेकनाथ वाग्ले सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।