फिल्मको पोस्टर टाँस्दा काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना

फिल्मको पोस्टर टाँसी दृश्य प्रदुषण तथा फोहोरमैला गरेको आरोपमा काठमाडौं महानगरले मिडिया हाउस प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

भर्खरै प्रदर्शनमा आएको चलचित्र “बगान” का निर्माता सुरेश वाग्लेले जरिवाना बारे जानकारी दिँदै असन्तुष्टि पोखेका छन् । उनले आफ्नो जानकारी बिना चलचित्र वितरकले आफ्नो घरमा टाँसेको पोस्टरलाई महानगरले जरिवाना तिराएको बताएका छन् । महानगरका मेयर बालेन शाहलाई मेन्सन गर्दै वाग्लेले हिन्दी सिनेमालाई रोकेपनि नेपाली सिनेमालाई सहयोग गरिदिन भनेका छन् ।

घटनाबारे महानगर प्रहरी प्रमुख राजु पाण्डेले मिडियाबाजी गरेको आरोप लगाउँदै वाग्लेले आफूलाई जानकारी गराएको भए त्रुटि सच्याउने पनि बताएका छन् । वातावरण प्रदुषणविरुद्ध महानगरको अभियानमा आफूले सधैं साथ दिने पनि उनले लेखेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button