पाँचथरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

पाँचथरमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने थप तीन जना घाइते भएका छन् ।

पाँचथरको फिदिम नगरपालिका-१ मेची राजमार्ग स्थित शनिबारे भन्ने ठाउँमा प्र. १-०१-००१ स ८७०५ नम्बरको अटो बुधबार बिहान आफै अनियन्त्रित भई दुर्घटना हुँदा फिदिम-६ का ५५ बर्षीया हरीमाया तुम्रोकको मृत्यु भएको हो । घटनामा गम्भीर घाइते तुम्रोकलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

फिदिम-६ शिवाबाट फिदिम बजार तर्फ आउँदै गरेको अटोमा सवार ३६ बर्षीया वसन्ती लिम्बु, १९ वर्षीय सन्देश लिम्बु र कुशल लिम्बु पनि दुर्घटनामा घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल पाँचथरमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीले अटो चालक फिदिम-६ का २५ बर्षीय दिपक लिम्बुलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button