सरकारी गाडी र विङ्गर ठोक्किँदा नौ जना घाइते

कन्चनपुरमा सरकारी गाडी र विङ्गर ठोक्किँदा नौ जना घाइते भएका छन् ।

कृष्णपुर नगरपालिका वडा नं. २ स्थित उदय सरस्वती क्याम्पस चोक बंकमा आज बिहान से १ झ २४६ नम्बरको नगरपालिकाको जीप र म १ ज २८७ नम्बरको विङ्गर ठोक्किँदा नौ जना घाइते भएका हुन् । विपरीत दिशामा गइरहेको जीपलाई ओभरटेक गर्ने क्रममा विङ्गरले गलत लेनमा आएर ठक्कर दिएको थियो ।

घटनामा जीप चालक जनक राज भण्डारी मध्यम घाइते भएका छन् । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाकिँ सामान्य घाइते आठ जनाको वाणी स्थित वाणी हस्पिटलमा उपचार भइरहेको पनि अस्थायी प्रहरी पोष्ट वाणीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button