चारजना सवार बाइक जीपसँग ठोक्किँदा तीन जनाको मृत्यु

इटहरीमा चार जना सवार भएको मोटरसाइकल जीपसँग ठक्कर खाँदा मोटरसाइकलमा सवार तीनको मृत्यु भएको छ ।

शुक्रबार राति १०ः४० बजेतिर पश्चिमतर्फ जाँदैै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग विपरीत दिशाबाट आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो । पूर्व–पश्चिम राजमार्गस्थित इटहरी-१७ कान्छी चोकमा भएको दुर्घटनामा घाइतेहरुलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

उपचारका क्रममा इटहरी-१६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा २७ वर्षीय प्रेमलाल चौधरी सख्त घाइते भएका छन् । उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । प्रहरीले पिकअप चालक भारत दार्जिलिङ फोडिगढी बस्ने ३२ वर्षीय गोविन्द वरमुनलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button