कङ्गोमा आफ्नै बच्चाको मृत्युसंस्कारमा आएका माथि गोली बर्साउँदा १३ जनाको मृत्यु

अफ्रिकन मुलुक कङ्गोमा एक सैनिकले उनकै बच्चाको अन्तिम संस्कारमा आएका मानिसहरुमाथि गोली बर्साउँदा १३ जनाको मृत्यु भएको छ ।

पुर्वी कङ्गोको इतुरी प्रान्तमा रहेको न्याकोभा गाउँमा भएको घटनामा ती सैनिक आफ्नो वरिपरि रहेका मानिसमाथि अन्धाधुन्ध गोली चलाएका थिए । घटनामा मृत्यु हुनेमा नौ बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घटनाको खास कारण नखुलेपनि ती सैनिकको अनुपस्थितिमै आफ्नो बच्चाको अन्तिम संस्कार हुन लागेको भन्दै रिसाएको हुनसक्ने जनाइएको छ । गोली चलाउने सैनिकको खोजी कार्य भइरहेको त्यहाँको सेनाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button